सरकारले गर्यो लिम्पियाधुरासहितको नयाँ नक्सा पारित

Newslaya Home

सरकारले गर्यो लिम्पियाधुरासहितको नयाँ नक्सा पारित

सोमबार ०५, जेठ २०७७

काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको नेपालको नक्सा पारित गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा भूमिसुधार मन्त्रीले पेस गरेको सो नक्सासम्बन्धी प्रस्ताव पारित गरिएको एक मन्त्रीले जानकारी दिए ।

‘आज नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय इतिहासको पन्नामा सुवर्ण अक्षरले त लेखिनेनै छ । आजको मिति र निर्णय युग युगसम्म हाजिरीजवाफमा सोधिने प्रश्नका रुपमा पनि अमर भाईरहनेछ । धन्यवाद प्रम केपी शर्मा ओली,’ पर्यटन मन्त्री योगेश भटराईले सामाजिक सञ्जालमा लेखेका छन् ।

राष्ट्रपतिद्वारा जेठ २ गते प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा पनि सरकारले भारतले अतिक्रमण गरेको सो नेपाली भूमि फिर्ता ल्याउने घोषणा गरेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै लिम्पियाधुरा, कालापानी र लिपुलेकमा अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन पहल गरिने बताएकी थिइन् ।

साथै सरकारले लिम्पियाधुरा लगायतको क्षेत्र समेटेर तत्काल नयाँ नक्सा पनि जारी गर्ने भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समेटिएको छ ।