झापाका एक युवकमा कोरोना पुष्टि

Newslaya Home

झापाका एक युवकमा कोरोना पुष्टि

सोमबार ०५, जेठ २०७७

काठमाडौं । झापामा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

केही दिनअघि भारतबाट आएका झापा कचनकवल गाउँपालिकाका २३ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन् ।

भारतबाट गाउँपालिकामा आएका ६० जनाको नमुना संकलन गरी पठाएकोमा एक जनामा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

योसहित देशभर कोरोना संक्रमितको संख्या ३५८ पुगेको छ ।