औषधी व्यवसायी दुलालको हत्यामा संलग्न श्रीमती सहित तीन जना सार्वजनिक

Newslaya Home

औषधी व्यवसायी दुलालको हत्यामा संलग्न श्रीमती सहित तीन जना सार्वजनिक

सोमबार ०५, जेठ २०७७

इटहरी । विराटनगरका औषधी व्यवसायी देवी प्रसाद दुलालको हत्यामा संलग्न उनकी श्रीमती सहित ३ जनालाई सार्वजनिक गरिएको छ ।

सोमबार अनलाइन पत्रकार सम्मेलन गरी इटहरी १२ खनारका दुलालको हत्यामा संलग्न योजनाकार श्रीमती मीना श्रेष्ठ दुलाल, उनको फार्मेशीबाट ५ महिना अघि निकालिएका ब्रम्महदेव साह र उनका भाइ इटहरी–१२ खनारका सोनु साहलाई प्रहरीले सार्वजनिक गरेको हो ।

श्रीमती र ब्रम्महदेव साहको डेढ महिनाअघिबाट बनेको योजना अनुसार देवीको हत्या भएको निष्कर्ष निकाल्दै मोरगं प्रहरीले हत्यामा संलग्न सोनुलाई आज पक्राउ गरेको हो ।

डोरीले घाँटी थिचेर मारे, डाम छोप्न पाउडर लगाए