मोरङमा थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३५७ पुग्यो

Newslaya Home

मोरङमा थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३५७ पुग्यो

सोमबार ०५, जेठ २०७७

विराटनगर । प्रदेश १ को मोरङमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षण अनुसार मोरङका २४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै प्रदेश १ मा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएकाको जम्मा संख्या ४० पुगेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेको कोरोना सूचना डेस्कले जनाएको छ । आइतबार मात्रै ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । प्रदेश १ मा निको हुनेको संख्या १७ रहेको छ ।

बाँकेमा एकै दिन ४६ जना पुरुष र १ महिला गरी ४७ जनाको नमूना भेरी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । आजै संक्रमित थपिएको जिल्लाहरुमा रौतहट, बारा, बाँके, मोरङ, गुल्मी, धनुषा, दाङसहितका जिल्लाहरु रहेका छन् ।

देशभर कुल संक्रमित ३ सय ५७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।