धरानमा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला

Newslaya Home

धरानमा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला

सोमबार ०५, जेठ २०७७

धरान । सुनसरीको धरान–४ खरखरे स्थित झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

जम्फरको इजारमा झुन्डिएको अवस्थामा धरान १४ बिजयपुरको बमधारा मार्गका डिक बहादुर याख्याको शव फेला परेको हो ।

याख्याको शव झुण्डिएको अवस्थामा फेला परेपछि खरखरेका स्थानियहरुले धरान इलाका प्रहरि कार्यालयलाई खबर गराएका थिए । प्रहरीको टोलीले घटनास्थलको मुचुल्का तयार पारि लगेको धरान इलाका प्रहरि कार्यालयका इन्सपेक्टर हेमराज ओलिले जानकारि दिए ।

परिचय नखुलेको शव अन्य जिल्ला वा अञ्चलबाट आएको हुन सक्ने भएकाले पोष्टम्याटम नगरि धरानका सबै वडाहरुमा सुचना दिएपछि खोजतलासी गर्दै बुधबार उनकी श्रीमती सुकसरी याख्याले आफ्नो श्रिमान हो भनि जाहेरि दिन आएपछि लासको थप प्रकृया अगाडि बढाएको प्रहरीले जनाएको छ ।