बाँकेका ४७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३५१ पुग्यो

Newslaya Home

बाँकेका ४७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३५१ पुग्यो

सोमबार ०५, जेठ २०७७

नेपालगञ्च । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ३५१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा सोमबार आयोजित नियमित प्रेस ब्रिफिंगमा प्रवक्ता डा. विकास देवकोटाले बाँकेमा मात्रै ४७ जना संक्रमित पुष्टि भएको बताएका हुन् ।

भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बाँकेमा एकैदिन ४६ जना पुरुष र एक महिलामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३५१ पुगेको छ ।