झापामा गाईको बाच्छो काटेको आरोपमा तीन जना पक्राउ

Newslaya Home

झापामा गाईको बाच्छो काटेको आरोपमा तीन जना पक्राउ

सोमबार ०५, जेठ २०७७

झापा । झापाको गौरादह–४ बाट गाईको बाच्छो काटेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ ।

आइतबार राति बाच्छो काटेको आरोपमा गौरादह–४ का २८ वर्षीय रमेश दर्जी, ५० वर्षीय रमेश सतार र सोही स्थानका ६० वर्षीय मद्रासी सतारलाई आज बिहान पक्राउ गरिएको हो ।

रमेश दर्जीको घरमा ३ जना मिलेर बाच्छो काटेर मासु खाएको र बाच्छोको टाउको तथा २ वटा खुट्टा खेतमा पुरेको अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरी चौकी माहारानी झोडामा खबर गरेका थिए । घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्ने क्रममा गाईको बाच्छो काटेको खुलेको हो ।

पक्राउ परेका तीनैजनामाथि अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।