सिरियाको एक कारगारबाट सात लडाकू फरार

Newslaya Home

सिरियाको एक कारगारबाट सात लडाकू फरार

सोमबार ०५, जेठ २०७७

एजेन्सी । उत्तरपूर्वी सिरियाको कुर्दिस बहुल क्षेत्रस्थित एक कारागारबाट सात जना लडाकू फरार भएका छन् ।

इस्लामिक स्टेट समूहसँग आबद्ध सात जना आतंककारी अल–हावाल नगरमा रहेको कारागारबाट फरार भएको जनाइएको छ ।

कुर्दिस सिरियाली डेमोक्रेटिक फोर्सले फरार कैदीको खोजी थालेको छ । अर्को कुर्दिस नगर अल–सिनाबाट पनि मार्च महिनाको अन्त्यतिर तल्लो तहका इस्लामिक स्टेटका लडाकूहरु फरार भएको बताइएको छ ।