वीपी प्रतिष्ठानको प्रसुती विभाग सिल

Newslaya Home

वीपी प्रतिष्ठानको प्रसुती विभाग सिल

सोमबार ०५, जेठ २०७७

धरान । सुनसरीको धरानस्थित रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसुती वार्डलाई सिल गरिएको छ ।

जिल्ला अस्पताल धनकुटाकी कोरोना संक्रमित नर्सले रिफर गरेको एक सुत्केरी बिरामी महिला प्रसुती वार्डमा भर्ना गरिएसँगै धरानमा समेत त्रास बढेको हो ।

कोरोना संक्रमित नर्सले रिफर गरेको एक सुत्केरीलाई शुक्रबार वीपीको गाइनो वार्डमा भर्ना गरिएकाले प्रतिष्ठानको प्रसुती विभागको सेवा बन्द गरिएको छ । दुई दिनका लागि प्रसुती सेवाको भर्ना समेत बन्द गरिएको प्रसुती विभागका विभागीय प्रमुख प्रा.डा. मोहनचन्द्र रेग्मीले जानकारी दिए ।

ती महिलाको पिसिआर रिपोर्ट नआएसम्म नयाँ विरामी भर्ना गर्न रोक लगाइएको छ भने वार्डमा भएका महिलाहरुलाई डिस्चार्ज नदिने निर्णय भएको डा. रेग्मीले जानकारी दिए ।