क्यानडामा सैनिक विमान दुर्घटना हुँदा एकको मृत्यु

Newslaya Home

क्यानडामा सैनिक विमान दुर्घटना हुँदा एकको मृत्यु

सोमबार ०५, जेठ २०७७

एजेन्सी । क्यानडाको वायुसेनाको स्नोबर्ड्स एरोबेटिक टोलीको एक प्रशिक्षण विमान दुर्घटना भएको छ ।

आइतबार ब्रिटिस कोलम्बियाको कामलूप्स विमानस्थल नजिकै एक भवनमा बज्रिएपछि एक महिला सदस्यको मृत्यु भएको हो ।

आकाशमा एक्रोब्याट्स प्रदर्शन गर्नेक्रममा उक्त विमान दुर्घटनाग्रस्त भएको हो । दुर्घटनाबाट घाइते भएका विमानमा सवार अर्का पाइलटको उपचार भइरहेको जनाइएको छ ।

प्रत्यक्षदर्शीले लडाकू विमान विमानस्थलबाट उडेको केही छिनमै आवाशीय क्षेत्रमा खसेको बताएका छन् ।
टोलीका दुईवटा सीटी–११४ ट्युटर विमानहरू कामलूप्स विमानस्थलबाट टेक अफ गरेर अलि तलतलै उडिरहेका थिए । अलिकति माथि पुगेर फनक्क घुमेपछि एउटा विमान चाहिँ नियन्त्रण गुमाएर फनफनी घुम्दै भुइँमा बजारिएको जनाइएको छ ।