पशुपतिस्थित विद्युतीय शवदाह गृह सञ्चालनमा ल्याउने तयारी

Newslaya Home

पशुपतिस्थित विद्युतीय शवदाह गृह सञ्चालनमा ल्याउने तयारी

सोमबार ०५, जेठ २०७७

काठमाडौं । पशुपतिस्थित विद्युतीय शवदाह गृह सञ्चालनमा ल्याउने तयारी भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोरोनाको संक्रमणबाट मृत्यु भएकी महिलाको दाहसंस्कार गरेपछि विद्युतीय शवदाह गृह सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।

कोरोना संक्रमित भई निधन भएकी सुत्केरी महिलाको गत शनिबार राति शवदाह गरेपछि विद्युतीय यन्त्र भएको कक्षलाई ३६ घण्टासम्म सिल गरी सरसफाइ गरिएको कोषले जनाएको छ ।

सरसफाइपछि सोमबार (आज) अपराह्नदेखि विद्युतीय शवदाह गृह पूर्ववत् सञ्चालनमा ल्यााउने गरी तयारी भइरहेको जनाइएको छ ।