बाराको एक पत्रकारमा कोरोना संक्रमण पुष्टि

Newslaya Home

बाराको एक पत्रकारमा कोरोना संक्रमण पुष्टि

सोमबार ०५, जेठ २०७७

काठमाडौं । बाराको एक युवा पत्रकारमा पनि कोरोना भाईरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार (आज) सार्वजनिक गरेको विज्ञप्तिमा बारा करैयामाईका १ र रौतहतका ८ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ ।

बारा करैयामाईका ३८ वर्षीय ती सञ्चारकर्मीलाई संक्रमण पुष्टि भएको हो । हालसम्म बारामा मात्र कोरोना संक्रमितको संख्या ५ पुगेको छ । प्रदेश २ मै कोरोना संक्रमण देखिने पत्रकारको संख्या चार पुगेको छ । प्रदेश १ मा एक पत्रकारमा संक्रमण देखिएको छ ।

यो सँगै, नेपालमा संक्रमित संख्या ३०४ पुगेको छ ।