धनुषाबाट पेस्तोल र गोली सहित दुई जना पक्राउ

Newslaya Home

धनुषाबाट पेस्तोल र गोली सहित दुई जना पक्राउ

सोमबार ०५, जेठ २०७७

धनुषा । धनुषाको शहिदनगर नगरपालिका–३ झण्डा चोकबाट कटुवा पेस्तोल र गोली सहित तीन जना पक्राउ परेका छन् ।

आइतबार दिउँसो ज. १२ प ५१६५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा कटुवा पेस्तोल १ थान र सोको गोली ३ राउण्ड सहित कमला नगरपालिका–८ हरिने बस्ने २० वर्षीय सुनिल कुमार साह र १८ वर्षीय अक्षय पासवान पक्राउ परेका हुन् ।

विषेश सूचनाको आधारमा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय यदुकुवाबाट खटिएको प्रहरीले उक्त पेस्तोल र गोली फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

पेस्तोल र गोली सहित पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।