प्रदेश २ मा कोरोना संक्रमितको सङ्ख्या १३१

Newslaya Home

प्रदेश २ मा कोरोना संक्रमितको सङ्ख्या १३१

सोमबार ०५, जेठ २०७७

जनकपुरधाम । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या १३१ पुगेको छ ।

प्रदेशमा सोमबार सम्ममा संक्रमितको संख्या १३१ पुगेको समाजिक विकास मन्त्रालयको कोरोनासम्बन्धी तथ्याङ्कले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा सोमबार बिहान जारी गरिएको विज्ञप्तिमा यस प्रदेशअन्तर्गतका रौतहटका आठ र बाराका एक गरी नौ जना कोरोना सङ्क्रमित पुष्टि भएको उल्लेख गरिएको छ ।

आज बिहान थपिएका नौ जनामा रौतहटको इशनाथपुर नगरपालिकाको २, ३, ६ र ९ वडाका २१ देखि ३० वर्षसम्मका सात जना पुरुष, माधवनारायण नगरपालिका–३ की २८ वर्षीया महिला र बारा जिल्लाको करैयामाई–५ का ३८ वर्षीय पुरुष छन् ।