सप्तरीमा जंगली हात्तीको आतंक

Newslaya Home

सप्तरीमा जंगली हात्तीको आतंक

सोमबार ०५, जेठ २०७७

सप्तरी । कोसीटप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहले सप्तरीमा स्थानीयको घर भत्काएर खाद्यान्न नष्ट पारेका छन् ।

आइतबार राति हात्तीको समूहले अग्निसाइर कृष्ण सवरण गाउँपालिका–६ मोहनपुरका मोतीलाल विश्वकर्माको घर भत्काएको छ भने अन्नसमेत खाइदिएको जनाइएको छ ।

सप्तरीको उत्तरी भेगको बस्तीमा दैनिक मध्यरात भएपछि हात्तीको समूह गाउँ प्रवेश गरी घर भत्काउन थालेकाले आंतक बढेको छ । दिनभरि नजिकैको जंगलमा बस्ने हात्तीहरु रात परेपछि गाउँ प्रवेश गरेर दैनिकजसो घर तोडफोड र मानिसमाथि आक्रमण गर्दै आएका छन् ।