कोरोनाबाट मृत्यु भएकी महिलाको शिशुसहित अन्य सदस्यको रिपोर्ट नेगेटिभ

Newslaya Home

कोरोनाबाट मृत्यु भएकी महिलाको शिशुसहित अन्य सदस्यको रिपोर्ट नेगेटिभ

सोमबार ०५, जेठ २०७७

काभ्रे । कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी सुत्केरी महिलाको १३ दिने शिशु र परिवारका अन्य सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

सिन्धुपाल्चोक–९ की २९ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएपछि शिशुसहित मृतकको श्रीमान, माइतीतर्फको आमा र बहिनीसहित परवारका सदस्यहरुको नमुना संकलन भएको थियो ।

नतिजा नेगेटिभ आएसँगै १४ दिन क्वारेन्टाइनमा राखिने जनाइएके छ । श्वासप्रस्वासमा समस्या आएपछि धुलिखेल अस्पताल ल्याउँदै गर्दा बाह्रविसे–९ की सुत्केरीको मृत्यु भएको थियो ।