कोरोनाबाट विश्वभर ३ लाख १६ हजारको मृत्यु, ४७ लाख ९८ हजार संक्रमित

Newslaya Home

कोरोनाबाट विश्वभर ३ लाख १६ हजारको मृत्यु, ४७ लाख ९८ हजार संक्रमित

सोमबार ०५, जेठ २०७७

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वभर ३ लाख १६ हजार ५१४ जनाको मृत्यु भएको छ ।

विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको महामारीले ४७ लाख ९८ हजार ४२४ जना संक्रमित भएका छन् ।

संक्रमितमध्ये १८ लाख ५५ हजार ८१ जना संक्रमण मुक्त भएका हुन् । बितेको २४ घण्टामा ३ हजार ६१२ जनाले ज्यान गुमाएका छन् भने ८१ हजार ४१५ जनामा संक्रमण पुष्टि भएको छ ।

२६ लाख २६ हजार ८२९ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ४४ हजार ८२१ जनाको अवस्था गम्भीर छ ।

सोमबार बिहानसम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६२ हजार ८३९ जनाको मृत्यु भएको छ ।

१७ लाख ८० हजार ७५३ जना संक्रमित भएकोमा ७ लाख ६९ हजार ६८२ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख २ हजार ९१४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १६ लाख ८३ हजार ४३६ पुगेको छ ।

यस्तै एसियाली मुलुकहरुमा २४ हजार ७३३ जनाको मृत्यु भएको छ । ७ लाख ९८ हजार ३०८ जना संक्रमित भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा २३ हजार २१७ जनाको मृत्यु भएको छ । ४ लाख ४० हजार १८२ जना संक्रमित भएका छन् ।

अफ्रिकी मुलुकहरुमा २ हजार ७७७ जनाको ज्यान गएको छ भने ८६ हजार ३७६ जना संक्रमित छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११९ जनाको मृत्यु भएको छ । ८ हजार ६४८ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको महामारीको सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ । त्यहाँ ९० हजार ९७३ जनाको मृत्यु भएको छ । १५ लाख २६ हजार ८४२ जना संक्रमित भएका छन् ।

यस्तै संक्रमितका आधारमा अमेरिकापछि रुसमा सबैभन्दा धेरैमा संक्रमण देखिएको छ । त्यहाँ २ लाख ८१ हजार ७५२ जना संक्रमित भएका छन् भने २ जहार ६३१ जनाको मृत्यु भएको छ ।