जनता माविका अविभावकहरुको प्रेस विज्ञप्ती : ‘विद्यालयको कार्यक्रमलाई सबै तरिकाले सहयोग गरौं’

Newslaya Home

जनता माविका अविभावकहरुको प्रेस विज्ञप्ती : ‘विद्यालयको कार्यक्रमलाई सबै तरिकाले सहयोग गरौं’

सोमबार ०५, जेठ २०७७

इटहरी । जनता स्कुललाई सकेको सबै सहयोग गरी स्तरीय शिक्षाको लागि वातावरण बनाउन जनता स्कुलका अविभावकहरुले आह्वान गरेका छन् ।

स्कुलले लकडाउनको समयमा पनि अविभावकहरुसँग शुल्क उठाएको भन्दै विरोध भएपछि अविभावकहरुले नै प्रेस विज्ञप्ती जारी गरेर विद्यालययको बचाउ गरेका हुन् । विज्ञप्तीमा सवा सय बढी अविभावकहरुको हस्ताक्षर छ ।

विद्यालयले थालेको गुणस्तरीय शिक्षाको अभियानमा बाधा पुर्याउने गरी सञ्चारमाध्यम, सामाजिक सञ्जाल र संघसंस्थाबाट टिकाटिप्पणी र अवरोध भइरहेको उल्लेख गर्दै जनता माविको कार्यक्रमलाई सहयोग गर्न भनिएको छ ।

‘सबै सरोकारवालाहरुसँग श्री जनता माविको उक्त कार्यक्रमलाई सहयोग गरी शैक्षिक माफियाको चलखेललाई निरुत्साहित गर्न हार्दिक अनुरोध छ,’ विज्ञप्तीमा भनिएको छ, ‘साथै उक्त कार्यक्रमलाई सफल पार्न सम्पूर्ण अविभावकहरुलाई स्वेच्छिक आर्थिक सहयोगसहित आफुले गर्न सक्ने अन्य सम्पूर्ण किसिमको सहयोगलाई निरन्तरता दिन अपिल गर्दछौं ।’

स्कुलका केही अविभावकहरुले बैंकमार्फत् पैसा जम्मा गरेपछि निःशुल्क शिक्षा दिनुपर्ने माग गर्दै सामाजिक सञ्जालमासमेत विरोध भएको थियो ।

तर विद्यालयले भने अंग्रेजी माध्यमबाट पढाई सुरु गरेकोले पूर्वाधार, शिक्षक आदिको लागि अविभावकसँग सहयोग लिनुपरेको जनाएको छ । नेपाली माध्यममा भने विद्यार्थीहरुले निःशुल्क पढीरहेका छन् ।

पछि स्कुलले विद्यार्थी भर्ना गर्न प्रवेश परिक्षा लिन सम्भव नभएपछि आवेदन दिने सबैलाई भर्ना गर्ने निर्णय गरेको थियो । ६०० विद्यार्थीलाई भर्ना गर्न लिने भनिएको प्रवेश परिक्षाको फारम एक हजार पाँच सय बढी विद्यार्थीले भरेका छन् ।

इटहरीको जनता स्कुलले फर्म भरेका सबै विद्यार्थीको भर्ना लिने

1 प्रतिकृयाहरू प्राप्त
  • बिपिन बस्नेतलेख्नुहुन्छ
  • |
  • सोमबार ०५, जेठ २०७७
म बिपिन बस्नेतको बाबा हो मलाई यो जनता स्कुलको बारेमा यथार्थ कुरा हरु सबै बुझे ठिक लाग्यो चित्त बुझ्यो र यसै बर्ष देखि मेरो छोरा लाई कक्षा सातमा भर्ना गरीरहेको छु अन्य कुरा हरु त्यही आएर हजुर हरु सग भेटेेर केही कुरा हरु राख्ने छु / धन्यवाद