थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३०४ पुग्यो

Newslaya Home

थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३०४ पुग्यो

सोमबार ०५, जेठ २०७७

काठमाडौँ । सोमबार बिहान ९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३ सय ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमार्फत् ९ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरूमध्ये ७ जना रौतहटको इशनाथ नगरपालिका वडा नं २, ३, ६ र ९ का बासिन्दा रहेको मन्त्रालयले जनाएको छ । ती सबै संक्रमित पुरूष हुन् ।

यसैगरी रौतहटकै माधवनारायण नगरपालिका वडा नं २८ वर्षीया १ महिला र बाराको करैयामाइ–५ का १ जना ३८ वर्षका पुरूषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । अहिले उनी सबै स्वास्थ्यकर्मीको सम्पर्कमै रहेको र स्वास्थ्य अवस्था पनि सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

यसअघि आइतबार मात्र नेपालमा १४ नयाँ संक्रमित थपिएका थिए । अहिलेसम्म संक्रमितमध्ये ३६ जना निको भइसकेका छन् भने २ जनाको ज्यान गएको छ ।