औषधी व्यवसायी दुलालको हत्या श्रीमतीकै योजनामा

Newslaya Home

औषधी व्यवसायी दुलालको हत्या श्रीमतीकै योजनामा

सोमबार ०५, जेठ २०७७

विराटनगर । विराटनगरका औषधी व्यवसायी देवी प्रसाद दुलालको हत्या श्रीमतीकै योजनाबाट गरिएको खुलासा भएको छ । इटहरी–१२ घर भएका ३३ वर्षीय दुलाल आइतबार बिहान शङ्कास्पद अवस्थामा उनकै डेराबाट मृत भेटिएका थिए ।

प्रहरी उच्च स्रोतका अनुसार उनको हत्यामा श्रीमती र अर्को एक व्यक्ति संलग्न भएको दाबी गरिएको छ । दुलालले सञ्चालन गरेको देवी माँ पाथीभरा फर्मामा तीन महिना अघि काम गर्ने यादव थरका एक व्यक्ति र उनको श्रीमती मिना श्रेष्ठ दुलालको पूर्व योजना अनुसार शनिबार राती डोरीले घाँटी थिचेर हत्या गरेका हुन् ।

यादव थरका ती व्यक्तिलाई राती मिनाले घरमा बोलाएर हत्या गरेको देखियो प्रहरी स्रोतले जनाएको छ । प्रहरीका अनुसार घटनामा प्रयोग भएको डोरी बरामद भइसकेको र यादवलाई पनि पक्राउ गरिएको छ ।

यादव र मिना बिच अवैध सम्बन्ध रहेको र दुलालले केही दिन अघि थाहा पाएपछि दुलाल परिवारमा विवाद भइरहेको समेत बताइएको छ ।