नेपालका दिवेश अमेरिकन आइडलको उपविजेता

Newslaya Home

नेपालका दिवेश अमेरिकन आइडलको उपविजेता

सोमबार ०५, जेठ २०७७

काठमाडौ । नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता बनेका छन् । भर्खरै सम्पन्न आइडलमा जस्ट सामले अमेरिकन आइडलको उपाधि जितेकी हुन् ।

आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । तर पर्याप्त भोट नआएपछि उनी उपविजेतामा सिमित बनेका हुन् । यद्यपि, अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली बनेका छन् ।

दिवेस केही वर्षयता स परिवार अमेरिका बस्दै आएका छन् । जजहरुले उनको गायकीको सुरुदेखि नै प्रसंशा गर्दै आएका थिए । उनलाई जिताउन संसारभरीका नेपालीहरुले भोटिङ प्रक्रियामा सहभागिता जनाएका थिए ।