आजबाट विराटनगरमा लकडाउन कडा, संक्रमित भेटिएको क्षेत्र सिल

Newslaya Home

आजबाट विराटनगरमा लकडाउन कडा, संक्रमित भेटिएको क्षेत्र सिल

सोमबार ०५, जेठ २०७७

विराटनगर । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै सोमबार (आज) बाट विराटनगरमा लकडाउनमा कडाइ गरिने भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङ्गले प्रेस विज्ञप्ती जारी गर्दै सोमबारबाट अत्यावशक औषधी पसल, पानी र दुध पसल बाहेकका सबै कृयाकलापहरु बन्द गर्न अनुरोध गरेको छ ।

आइतबार विराटनगर महानगरपालिकाका एक कर्मचारी सहित दुई जनामा संक्रमण देखिएको थियो ।

यस्तै, विराटनगरको वडा नं.६ र वडा नंं १५ मा संक्रमित बसेको स्थान र क्षेत्रलाई तत्कालका लागि शिल गरिएको विराटनगर महानगरका मेयर भीम पराजुलीले जानकारी दिए । विराटनगरमा संक्रमित २९ वर्षकी महिला र ३६ वर्षिय पुरूष रहेका छन् ।

उनिहरुलाई कोशी अस्पताल ल्याइसकिएको छ । उनिहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।