नझुक्किनुस्, यो शिरिषको फूल होइन (भिडियोसहित)

Newslaya Home

नझुक्किनुस्, यो शिरिषको फूल होइन (भिडियोसहित)

आइतबार ०४, जेठ २०७७

इटहरी । इटहरी उपमहानगरपालिका छेवैको रातो फूल फूल्ने रुख नजिक को को पुग्नुभएको छ ? लकडाउनको समयमा काम विशेषले इटहरी चोक पुग्नेहरुले रातो फूलसँग फोटो खिँचेर फेसबुकमा पोष्ट गरेका छन् ।

अझ त्यही बाटो हुँदै कतै गुडिरहेका कतिपय सवारी पनि रोकिएर फोटो खिँच्न थालेका छन् ।

प्रायःले सामाजिक सञ्जालमा यो फूललाई शिरिषको फूल भन्ने गरेका छन् । तर यो शिरिषको फूल भने होइन ।

यो रेड ज्याकराण्डा हो । तर धेरैले यसलाई रेड मिमोसा अर्थात् शिरिषको फूल भन्ने गरेका छन् । वास्तवमा त्यो भ्रम हो ।

काठमाडौँका सडक किनारमा भने निलो खालको ज्याकराण्डा फुल्छ । त्यसलाई पनि शिरीषको फूल ठान्नेहरु धेरै छन् ।

यो फूल ब्राजिलबाट आएर संसारभर फैलिएको हो ।

‘ज्याकरान्डा’ लाई शिरिष जातको भने पनि शिरिषको फूल भने होइन । वास्तवमा शिरिषको फूल चाहिँ यस्तो हुन्छ :

आयुर्वेद र विभिन्न पौराणिक ग्रन्थहरूमा शिरिषको उल्लेख भएको पाइन्छ । संस्कृत र नेपाली साहित्यमा पनि शिरिषको फूलको सौन्दर्यको चर्चा निकै भएको छ ।

शिरिषको फूल औषधिमा पनि प्रयोग हुने गर्दछ । त्यस्तै पूजाआजाको लागि पनि यो फूल प्रयोग गरिन्छ । नेपालमा पाइने शिरिषको फूल आठ–दश जातिको हुने र कुनै पहेँलो, कुनै रातो र कुनै फिक्का निलो हुन्छ । र यसका फूल सबै रेशमका फूल फुल्ने गर्दछ ।

यसबारे बीबीसी नेपालीले एउटा भिडियो तयार पारेको छ । जसमा मिमोसा र ज्याकराण्डाबिचको फरक देखाइएकोछ :