कपिलवस्तुको क्वारेन्टाइनबाट ४५ जना भागेपछि.....

Newslaya Home

कपिलवस्तुको क्वारेन्टाइनबाट ४५ जना भागेपछि.....

आइतबार ०४, जेठ २०७७

बुटवल । कपिलवस्तुको यशोधरा गाउँपालिका–८ का दुई छुट्टाछुट्टै क्वारेन्टाइनमा बसेका ४५ जना व्यक्ति भागेका छन् ।

भारत र अन्यत्रबाट आएका सबै जनालाई क्वारेन्टाइनमा नराखेको भन्दै उनीहरु शुक्रबार र शनिबार राति क्वारेन्टाइन छोडेर घर फर्किएका हुन् ।

शुक्रबार राति वडा नम्बर ८ को खोरियास्थित सरस्वती प्राविको क्वारेन्टाइनका ३० जना र शनिबार सोही वडाको राष्ट्रिय निमाबि सिंहखोरका थप १५ जना समेत क्वारेन्टाइन छोडेर भागेका वडा अध्यक्ष सहाबुद्दिन मुसलमानले जानकारी दिए ।

यशोधरा गाउँपालिकाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वडा नंं ८ मा मात्रै पाँच जनामा संक्रमण भएको छ । हालसम्म फेला परेका संक्रमित सबै खोरिया गाउँकै हुन् ।

क्वारेन्टाइनमा बसेका व्यक्ति भागेर घर घर गएपछि स्थानीयमा त्रास बढेको छ । पहिल्यै गाउँ नै शिल गर्नुपर्नेमा खोरिया गाउँको क्वारेन्टाइनका व्यक्ति भागेर पुनः घरमा फर्किनु सुरक्षा निकायको चरम लापरवाही भएको स्थानीयको आरोप छ ।