कोशी किनारको झाडीमा लुकेर बसेका १२ जना पक्राउ

Newslaya Home

कोशी किनारको झाडीमा लुकेर बसेका १२ जना पक्राउ

आइतबार ०४, जेठ २०७७

सुनसरी । कोशी किनारको झाडीमा लुकेर बसेका १२ जनालाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ । भारतको सुपौल घर बताउने उक्त समूहलाई सुराकीका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

लुगाफाटा र बन्दोवस्तीका सामान सहितको समूहलाई नदी किनारको झाडीमा लुकेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । सोही आधारमा सीमा प्रहरी चौकी भाण्टाबारीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएकाहरुले आफुहरु सुरक्षित रुपमा भारत छिर्ने क्रममा लुकेर बसेको बताएका छन् । भारत छिर्नका लागि आफुहरुले एजेन्टको सहारा लिएको पक्राउ परेकाहरुले बताएका छन् । यद्यपी एजेन्टको परिचय भने खुलेको छैन् ।

प्रहरीका अनुसार १५ जना मध्ये ३ जना भने फरार छन् । भारत छिर्न रातीको समय कुरेर बसेको उक्त समूह धरानमा काम गरी भारत सुपौल घर फर्कन लागेको बुझिएको छ । प्रहरीले पक्राउ परेका सबैलाई जहाँबाट आएको हो त्यही बस्ने गरी फिर्ता पठाएको छ । े