तरकारी र फलफूल आयात गर्दा कोरोना परीक्षण गर्न सर्वोच्चको आदेश

Newslaya Home

तरकारी र फलफूल आयात गर्दा कोरोना परीक्षण गर्न सर्वोच्चको आदेश

आइतबार ०४, जेठ २०७७

काठमाडौं । तरकारी र फलफूल आयात गर्दा विषादी र कोरोना भाइरस संक्रमण परीक्षण गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।

न्यायाधीश दीपकुमार कार्की र हरिप्रसाद फुयालको इजलासले भारत लगायत अन्य देशबाट आयात हुने फलफूल तथा तरकारीमा विषादी तथा कोभिड १९ को उपलब्ध भएसम्मका परीक्षण सुविधा प्रयोग गरेर मात्र आयात गर्न आदेश दिएको हो ।

कोरोना भाइरसको महामारीको समयमा पनि भारतबाट निर्वाध रुपमा तरकारी र फलफूल आयात भएको र त्यसमा विषादी र कोभिड–१९ परीक्षण नहुँदा उपभोक्ता अधिकार हनन भएको भन्दै अधिवक्ता मणिराम उपाध्यायसहितले सर्वोच्चमा रिट दिएका थिए ।

सर्वोच्चले आन्त्रिक रुपमै उत्पादन भएका फलफूल तथा तरकारीको विषादी तथा कोभिड १९ को उपलब्ध भएसम्मका परीक्षण सुविधा प्रयोग गरी वितरण गर्न आदेश दिएको छ ।