विराटनगरमा २ र धनकुटामा १ जनालाई कोरोना संक्रमण

Newslaya Home

विराटनगरमा २ र धनकुटामा १ जनालाई कोरोना संक्रमण

आइतबार ०४, जेठ २०७७

विराटनगर । विराटनगरमा पहिलो पटक दुई जनामा कोरोना संक्रमण देखिएको छ । स्वाबको नमूना परीक्षणमा धनकुटाका एकजनासँगै विराटनगरका दुई जनामा कोरोना देखिएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोशी अस्पताल विराटनगरमा आइतबार गरिएको पीसीआर परीक्षणमा विराटनगरको मिल्स एरियाका दुई जना र धनकुटाका एक जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।