घरको छतमाथि बसेर भारतको विरोध गर्ने पनि पक्राउ

Newslaya Home

घरको छतमाथि बसेर भारतको विरोध गर्ने पनि पक्राउ

आइतबार ०४, जेठ २०७७

 
काठमाडौं । भारतीय अतिक्रमणको विरोधमा घरको छतमा विरोध प्रदर्शन गर्ने जनता समाजवादी पार्टी नेपालका कार्यकर्ता समातिएका छन् ।
 
कालापानी मिचेर भारतले बाटो बनाएको विरोधमा घरको छतमाथि प्रदर्शन गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । प्रहरी घरभित्रै पसेर आफूहरुलाई समातेर तर झारेर गाडीमा हालेर लगेको आन्दोलनकारीहरुले बताएका छन् ।
 
पक्राउ पर्नेहरुमा जनता समाजवादी पार्टी काठमाडौ जिल्ला समन्वय समितिका सचिव रहरबहादुर खड्का, काठमाडौ जिल्ला समन्वय समितिका अध्यक्ष श्याम कृष्ण प्रजापति, केन्द्रिय सदस्य आङकाजी शेर्पा, परिवर्तन भट्टराई र काठमाडौ जिल्ला सदस्यहरु चन्द्र महर्जन, अनिल थापा, सुरज महर्जन ,ज्ञानुरत्न महर्जन र मनिष कुमार श्रेष्ठ छन् ।
 
आन्दोलनकारीहरुलाई दुई घण्टापछि सहिछाप गराई छाडिएको थियो ।