प्रेस युनियन सुनसरीले १ सय ५० पत्रकारको एक लाखको कोरोना वीमा गर्ने

Newslaya Home

प्रेस युनियन सुनसरीले १ सय ५० पत्रकारको एक लाखको कोरोना वीमा गर्ने

आइतबार ०४, जेठ २०७७

इटहरी । प्रेस युनियन सुनसरीले जिल्लामा सक्रिय पत्रकारहरुको निःशुल्क वीमा सुरु गरेको छ । कोरोना भाइरसको महामारीका बेला फ्रन्टलाइनमा जोखिम मोलेर कार्यक्षेत्रमा खटिएका १५० जना पत्रकारको निःशुल्क वीमा गर्न सुरु गरेको हो ।

प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार युनियन र आईएमई जनरल इन्सुरेन्सबीच सम्झौता भएको छ । सम्झौता अनुसार पत्रकारलाई कोरोना भाइरसको लक्षण देखिएमा १ लाख रुपैयाँ प्रदान गरिनेछ । सम्झौतामा युनियनका तर्फबाट अधिकारी र इन्सुरेन्सका मार्केटिगं प्रदेश संयोजक विमलकुमार रन्जितकारले हस्ताक्षर गरेका छन् ।

इन्स्योरेन्सको बिराटनगर स्थित क्षेत्रिय कार्यालयम एक कार्यक्रमका बिच प्रेस युनियनका अध्यक्ष अधिकारी र रञ्जितकार बिच पत्रकारको बिमा गर्दे लिखित सहमति आदानप्रदान भएको थियो । सुनसरीका दक्षिणि नाकाहरु भारतसंग जोडिएकाले निकै संबेदनशिल भएर रिपोर्टिगं गर्नुपर्ने बाध्यता संगै जिल्लापनि रेड जोनमा परिसकेकाले बिमा आवस्यक भएको अधिकारीको भनाइ छ ।

हस्ताक्षर कार्यक्रममा इन्स्योरेन्सका तर्फबाट संयोजक रञ्जिकारले सस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत कोराना बिमा कार्याक्रम प्रेस युनियनक सुनसरी संगको सहकार्यमा गरेको जानकारी गराए । उक्त कार्यक्रममा पत्रकार महासघं प्रदेश १ का महासचिब बिबेक गौतमले युनियन सुनसरीले गर्ने लागेको बिमा कार्यक्रमले जिल्लाभरका पत्रकारहरुले फाइदा लिने दाबि गरे ।

युनियन सुनसरी पत्रकारहरुको पेशागत हक हित एवम शुरक्षाका बिषयमा गम्भिर भएर लागेको गतिलो उदाहरणका रुपमा यस बिमा योाजनालाइ लिन सकिने महासंघ प्रदेश १ अध्यक्ष बिक्रम लुइटेलले बताए । सरकारले समेत यस्तो महामारीले पत्रकाहरुको शुरक्षाका लागि चिन्तित भएर लाग्नुपर्ने कुरामा जोड दिए । कार्यक्रममा इन्स्योरेन्सका इटहरी व्यवस्थापक भोजराज अधिकारी, विराटनगरका व्यवस्थापक सुनिल ठाकुर लगायतको उपस्थिति थियो ।