निजी र सामुदायिक अस्पताललाई आरडीटी परिक्षण गर्न बाटो खुला

Newslaya Home

निजी र सामुदायिक अस्पताललाई आरडीटी परिक्षण गर्न बाटो खुला

आइतबार ०४, जेठ २०७७

काठमाडौं । सरकारले निजी र सामुदायिक अस्पताललाई कोरोना भाइरस परीक्षणको अनुमति दिने भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोसम्बसन्धि निर्देशिका जारी गरेको छ ।
 
परीक्षण गर्न चाहने अस्पताललाई अनुमति दिने तयारी गरेको मन्त्रालयले जनाएको छ । तर यो निर्देशिका आरडीटी विधिबाट परीक्षणका लागि मात्र प्रयोग हुनेछ ।
कोरोना परीक्षणको अनुमति पाउने अस्पताल सरकारको नियमअनुसार दर्ता भएको हुनुपर्नेछ । कोरोना परीक्षणको अनुमति पाएर परीक्षण सुरु गरेका अस्पतालले परीक्षणको विवरण अनिवार्य रुपमा राख्नु पर्नेछ ।
 
आरडीटी परीक्षण रिपोर्ट पोजिटिभ आए पीसीआरका लागि रिफर गर्नुपर्ने मन्त्रालयले जनाएको छ । शुल्क लिँदा खरिद मूल्यको बढीमा २० प्रतिशतमात्र लिन सक्ने व्यवस्था छ ।