क्वारेन्टाइनमा मर्ने युवामा कोरोना पुष्टि, नेपालमा दोस्रो मृत्यु

Newslaya Home

क्वारेन्टाइनमा मर्ने युवामा कोरोना पुष्टि, नेपालमा दोस्रो मृत्यु

आइतबार ०४, जेठ २०७७

काठमाडौं । बाँकेको क्वारेन्टाइनमा मृत्यु हुने २५ वर्षीय पुरुषमा कोरोना संक्रमण प्रमाणित भएको छ ।
 
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।मृतक वैशाख ३० गते भारतबाट नेपाल आएका थिए ।क्वारेन्टाइनमा बस्ने क्रममा स्वास प्रश्वासमा समस्या भएका उनको आइतबार विहान ६ः४० बजे मृत्यु भएको हो ।
 
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार मृतकको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ।