धनकुटामा दलित बालिका गर्भवती बनाउने फरार शिक्षकद्वारा प्रहरीमा आत्मसमर्पण

Newslaya Home

धनकुटामा दलित बालिका गर्भवती बनाउने फरार शिक्षकद्वारा प्रहरीमा आत्मसमर्पण

आइतबार ०४, जेठ २०७७

धनकुटा । दलित बालिकालाई गर्भवती आरोप लागेपछि फरार भएका शिक्षक मदन अधिकारीले प्रहरीमा आत्मसमर्पण गरेका छन ।

सुस्त मनस्थितीकी १३ वर्षिय बालिकलाई यौन शोषण गरेर गर्भवती बनाएको आरोप लागेपछि फरार भएका शिक्षक अधिकारीले शनिवार जिल्ला प्रहरी कार्यालय धनकुाटमा आत्मसमर्पण गरेका हुन ।

सुस्त मनस्थिती भएकी बालिकालाई यौन शोषण गरेर गर्भवती बनाएको आरोपमा प्रहरीले धनकुटा– ६ का गौरी अत्री, सिरान बजारका देवेन्द्र श्रेष्ठ र कचिडेका भक्तबहादुर मगरलाई पक्राउ गरेपनि शिक्षक अधिकारी फरार थिए ।

धनकुटा नगरपालिका ६ स्थित गोकुण्डेश्वर माविमा पढाउने शिक्षक अधिकारी अखिल नेपाल शिक्षक संगठनको प्रदेश १ महासचिव हुन । पीडित बालिका शिक्षक अधिकारीले पढाउने गोकुण्डेश्वर मावि मै कक्षा ८ मा पढने गर्थिन ।

बालिका ५ महिनाको गर्भवती भएको खुलेपछि चार जना आरोपीहरुले बलात्कार गरेको खुलेको थियो ।