अनुष्काको चलचित्रमा नेपाली रण... भन्दै गाली गरियो, माफिको माग

Newslaya Home

अनुष्काको चलचित्रमा नेपाली रण... भन्दै गाली गरियो, माफिको माग

आइतबार ०४, जेठ २०७७

काठमाण्डौ । बलिउड नायिका अनुष्का शर्मा निर्मात्री रहेको एक भारतीय सिरियलमा नेपाली शब्द जोडेर निकै तुच्छ गाली दिइएको छ ।

पाताल लोक नामको सिरियलमा एक महिलालाई गाली गर्नका लागि निकै तल्लो स्तरको शब्द प्रयोग गरिएको छ । अमेजन प्राइम सिरिजमा प्रसारण भइरहेको यो सिरियलको पहिलो सिजनको दोस्रो एपिसोडको ३ मिनेट ४१ औं सेकेन्डमा महिला पुलिसकर्मीले एक युवतीमाथि कुटपिट गर्दै भन्छिन्, ‘साथी हुन् कि ग्राहक हुन् ? धन्धा गर्छेस् ? नेपाली रण्...

रक गायिक अभया सुब्बाले पनि प्रलक्षको यो पोष्ट सेयर गर्दै यसमा उल्लेख गरिएको शब्दले पूरा समुदायको अपमान गरेको भन्दै अनुष्का शर्माबाट माफीको माग गरेकी छिन् ।

पोष्टमा थुप्रैले यस्ता शब्द कुनै पनि हालतमा सह्य नभएको भन्दै यसले भारतीयको नेपालीप्रतिको दृष्टिकोण स्पष्ट पार्ने बताएका छन् ।