सुनकोशी नदीले बगाएर दुई जना बेपत्ता

Newslaya Home

सुनकोशी नदीले बगाएर दुई जना बेपत्ता

आइतबार ०४, जेठ २०७७

सिन्धुली । सिन्धुलीमा सुनकोशी नदीले बगाउँदा दुई युवा बेपित्ता भएका छन् । नदीमा पौडी खेल्ने क्रममा नदीले बगाउँदा दुई युवा बेपत्ता भएका हुन् ।

आइतबार नदीमा पौडी खेल्न जाने क्रममा जिल्लाको फिक्कल गाउँपालिका–४ कुइभिरबाट दुईजनालाई सुनकोशी नदीले बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

पौडी खेल्ने क्रममा सुर्खेत पञ्चकोटी नगरपालिका–७ घर भई हाल फिक्कल गाउँपालिका–४ खाङसाङमा काम गर्ने १९ वर्षीय दिनेश बुढाक्षेत्री र २० वर्षीय जनक बुढाक्षेत्रीलाई सुनकोशी नदीले बगाई बेपत्ता बनाएको हो ।

प्रहरी र स्थानीयवासीले बेपत्ताको खोजी कार्यका गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।