झापामा हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

Newslaya Home

झापामा हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

आइतबार ०४, जेठ २०७७

झापा । झापाको कचनकवल स्थित हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।

शनिबार साँझ दिपज्वोती सामुदायिक वनमा निगुरो टिपिरहेको अवस्थामा कचनकवल–७ बस्ने ८५ बर्षीय बिर्ख राईको हात्तीले आक्रमण गरेको हो ।

एक्कासी हात्ती आई आक्रमण गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।