कपनमा एक युवतीलाई कोरोना संक्रमण पुष्टि

Newslaya Home

कपनमा एक युवतीलाई कोरोना संक्रमण पुष्टि

आइतबार ०४, जेठ २०७७

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका–१२ स्थित कपनमा एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कपनको एक फर्निचर उद्योगमा कार्यरत २५ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएपछि आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाइएको बुढानिलकण्ठ नगरपालिकाले जनाएको छ ।

फर्निचर उद्योगमा कार्यरत चारजना मजदुर लकडाउनकै बीच तराईबाट काठमाडौँ आएको सूचना प्राप्त भएपछि उनीहरुको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्येकी एक युवतीलाई कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

संक्रमित युवतीलाई अहिले पाटन अस्पताल भर्ना गरिएको छ ।