सर्लाहीबाट पेस्तल र गोली सहित दुई जना पक्राउ

Newslaya Home

सर्लाहीबाट पेस्तल र गोली सहित दुई जना पक्राउ

आइतबार ०४, जेठ २०७७

सर्लाही । सर्लाहिको बिष्णु गाउँपालिका–३ बिश्वनाथ टोलबाट पेस्तोल र गोलिसहित दुई जना पक्राउ परेका छन ।

शनिबार दिउँसो बीआर ३० एम. ६७८७ नम्बरको मोटरसाइकलमा सवार रहेका २५ वर्षीय मदन साह कानु र भारतको सितामढी बस्ने १९ वर्षीय अनिष साहलाई प्रहरीले पक्राउ गरेको हो ।

अपरिचित व्यक्तिहरु लुकिछिपी बसेको भन्ने खबर प्राप्त हुनासाथ २ नम्बर प्रदेश प्रहरी कार्यालय सर्लाही जनकपुर र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले बिश्वनाथ टोलस्थित बाँसघारीबाट पेस्तोल २ थान, गोली ६ राउण्ड र म्यागजिन १ थान सहित उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।