मोटरसाइकलमा हातहतियार बोकेर हिँड्ने दुई जान पक्राउ

Newslaya Home

मोटरसाइकलमा हातहतियार बोकेर हिँड्ने दुई जान पक्राउ

आइतबार ०४, जेठ २०७७

काठमाडौं । सर्लाहीमा लकडाउनको बेला प्रेस लेखेको मोटरसाइकलमा हातहतियारसहित हिँड्ने दुई जना पक्राउ परेका छन् ।

शनिबार साँझ बिष्णु गाउँपालिका–३ विश्वनाथ टोलस्थित बांसघारीमा भारतीय नम्वरप्लेट बीआर ३० एम ६७८७ मोटरसाइकलमा आएका दुई जनामाथि प्रहरीले जाँच गरेको थियो। उनीहरूबाट प्रहरीले हातहतियार बरामद गरेको हो।

सोही गाउँपालिकाका २५ वर्षीय मदन साह र भारत सितामढी ग्राम मरहाडिह १ का १९ वर्षीय अनिष साह पक्राउ परेका हुन्।

उनीहरूबाट प्रहरीले थ्री फिप्टी सानो पेस्तोल एक थान, म्यागजिन एक थान, पाँच राउण्ड गोली बरामद गरेको हो। साथै उनीहरूको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ।