विश्वभर कोरोना भाइरसबाट ९६ जना नेपालीको मृत्यु

Newslaya Home

विश्वभर कोरोना भाइरसबाट ९६ जना नेपालीको मृत्यु

आइतबार ०४, जेठ २०७७

काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ९६ पुगेका छन्।

गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ६३ जनाको मृत्यु भएको छ। यस्तै अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ।

संयुक्त अरब इमिरेट्समा नौ, साउदी अरबमा दुई तथा आयरयाण्ड, जापान, टर्की, नेदरल्याण्डस, बहराइन, स्वीडेन र नेपालमा एकएक जनाको मृत्यु भएको समितिले जनाएको छ । मृत्यु हुनेमा ७७ पुरुष र १९ जना महिला रहेको स्वास्थ्य समितिले जनाएको छ।