पृतनापतिमा कोरोना संक्रमण देखिएपछि ब्यारेक सील

Newslaya Home

पृतनापतिमा कोरोना संक्रमण देखिएपछि ब्यारेक सील

आइतबार ०४, जेठ २०७७

जनकपुरधाम । महोत्तरीको बर्दिवासमा रहेको नेपाली सेनाका मध्यपृतनाका पृतनापतिमा कोरोना संक्रमण देखिएपछि ब्यारेकलाई सील गरिएको छ ।

सेनाका पृतनापतिमा संक्रमण देखिएका कारण बर्दिबाँसको किसाननगरमा लगभग २ हजार सेना भएको व्यारेकलाई सील गरिएको हो । पृतनापतिसँगै सोही ब्यारेकका एक चिकित्सकमा कोरोना संक्रमण देखिएको थियो ।

महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय पुरुषमा शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो । ब्यारेकमा गण, गुल्म, सिग्नल गण, मेडिकल गण, विद्यालय गण लगायत पृतना लगाएर दुई हजारको संख्यामा सेनाहरु रहेका छन् । त्यहाँ सेनाहरुमा संक्रमण बढ्न नदिनका लागि सेनाहरुलाई आवत जावतमा रोक लगाइनुका साथै सामाजिक दूरी कायम राख्नका लागि भनिएको छ।

संक्रमित दुवैलाई उचारका लागि शनिबार काठमाडौँस्थित सशस्त्र प्रहरीको आइसोलेशनमा पठाएको जनाइएको छ ।