पत्रकार महासंघ धनकुटाद्वारा पत्रकारलाई आर्थिक सहयोग

Newslaya Home

पत्रकार महासंघ धनकुटाद्वारा पत्रकारलाई आर्थिक सहयोग

आइतबार ०४, जेठ २०७७

धनकुटा । पत्रकार महासंघ धनकुटाले लकडाउनका कारण समस्यामा परेका २६ जना पत्रकारलाई आर्थिक सहयोग गरेको छ।

लकडाउनका कारण संकटमा परेका धनकुटाका श्रमजिवी पत्रकारहरुलाई पत्रकार महासंघ धनकुटाले पत्रकार कल्याण कोषबाट आर्थिक सहयोग गरेको हो। महासंघ धनकुटाका उपाध्यक्ष नगेन्द्र राईको संयोजकत्वमा समस्यामा परेका धनकुटाका २६ जना श्रमजिवी पत्रकारलाई पहिलो चरणमा आर्थिक सहयोग वितरण गरेका हो।

बाँकी अन्य पत्रकारहरुलाई पनि दोस्रो चरणमा आर्थिक सहयोग उपलब्ध गराउने महासंघ धनकुटाले जनाएको छ । पत्रकार महासंघ धनकुटाले १० वर्षअघि स्थापना गरेको पत्रकार कल्याण कोषबाट आपत विपतमा परेका पत्रकारहरुलाई सहयोग गर्दे आएकोमा यस पटक लकडाउनका कारण समस्यमा परेका धनकुटाका श्रमजिवी पत्रकारहरुलाई सहयोग गरिएको महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले बताएका छन् ।