युवाहरुले घरघरमै जलाए मोदी र भारतीय नक्साको फोटो

Newslaya Home

युवाहरुले घरघरमै जलाए मोदी र भारतीय नक्साको फोटो

आइतबार ०४, जेठ २०७७

काठमाडौं । युवाहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला र भारतीय नक्सा जलाएका छन् । नेपालको भूमीमा भारतले सडक बनाएको विरोधमा राष्ट्रिय सिमा रक्षा अभियान नेपालका युवाहरुले घरघरमा नक्सा र पुत्ला जलाएका हुन् ।

अभियानकर्मीहरु रविन जङ्ग बस्नेत, समीर बुढाथोकी, निर्ग जैसी, संघर्ष दहाल, एलिजा ढकाल, पुजा खुशी लगायतको आह्वानमा देशैभरका थुप्रै युवाहरुले शनिबार साझ पुत्ला र नक्सा जलाएका हुन् । कोरोना महामारीलाई ध्यानमा राखेर आफ्नै घरघरबाट जलाएको बताएका छन् ।

यसअघि सो अभियानकर्मीले माईतीघर मण्डला, बानेश्वरको संसद भवन र बबरमहललगायतको ठाउँमा प्रदर्शन गरेको थियो । नेपालमा कोरोनाले एक जनाको मृत्यु र संक्रमितहरुको संख्या बढेसँगै उनीहरुले सडक आन्दोलन स्थगित गरेर सामाजिक संजालबाट आन्दोलन जारी राखेको अभियानकर्मी समिर बुढाथोकीले बताए।

फाइल फोटो