भारतमा फेरी लकडाउन थप्ने तयारी

Newslaya Home

भारतमा फेरी लकडाउन थप्ने तयारी

आइतबार ०४, जेठ २०७७

काठमाडौं । कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या बढ्ने क्रम नरोकिएपछि भारत सरकारले थप दुई हप्ता लकडाउन थप्ने तयारी गरेको भारतीय अधिकारीहरूले बताएका छन् ।

कोभिड–१९ को संक्रमण बढिरहेको अवस्थामा शनिबार भारतका प्रधानमन्त्री नरेन्द मोदी र मुख्यमन्त्रीहरूबीच करिब ४ घण्टा लामो छलफल भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । भिडियो सम्मेलनमार्फत गरिएको छलफलका निष्कर्षहरूलाई औपचारिक रूपमा घोषणा भने गरिएको छैन ।

यद्यपि, बैठकमा बन्दाबन्दी बढाउने सहमति भएको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्विटरमार्फत सार्वजनिक गरेका छन् ।

यता, कोरोनाको संक्रमित बढ्दै गएपछि भारतका विभिन्न राज्य सरकारहरु पनि लकडाउन बढाउने तयारीमा छन् । पञ्जाबमा कांग्रेस सरकार तथा ओडिसा सरकारले ३० अप्रिलसँग लक डाउन बढाउने निर्णय गरिसकेका छन् । बाँकी राज्यले पनि मोदीलाई कमसे कम २ हप्ता लक डाउन बढाउन सुझाव दिएका छन् ।