नेपालबाट निर्यात हुने तयारी पाम आयलमा भारत सरकारले लगायो पुनः प्रतिबन्ध

Newslaya Home

नेपालबाट निर्यात हुने तयारी पाम आयलमा भारत सरकारले लगायो पुनः प्रतिबन्ध

बिहीबार ०१, जेठ २०७७

विराटनगर । तयारी पाम आयल आयातमा भारत सरकारले पुनः प्रतिबन्ध लगाएको छ ।

यस अघि पुष महिनामा पनि भारतले प्रतिबन्ध लगाएकोमा पछि भारतीय कम्पनीले लाइसेन्स लिनुपर्ने प्रावधान राखेर आयात खुला गरेको थियो । पाम आयल निर्यातमा प्रतिबन्ध लागेपछि सुनसरी मोरङ औद्योगिक कोरिडोरका घिउ तेल उद्योगहरु प्रभावित भएका छन् ।

लकडाउनको समयमा पनि कच्चा पाम आयल आयात गरी उद्योगहरुले भारततर्फ तयारी पाम आयल निर्यात गर्दै आएका थिए । भारतको वैदेशिक व्यापार महानिर्देशकको कार्यालयले सोमवार एक सूचना जारी गरी मंगलबार देखि पाम आयल र पामोलिन आयातमा प्रतिबन्ध लगाएको हो ।

सुनसरी मोरङ औद्योगिक कोरिडोरका एउटा उद्योगले मासिक २ हजार मेट्रिक टनसम्म तयारी पाम आयल निर्यात गर्दै आएका थिए ।