ट्वीटरका कर्मचारीले जीवनभर घरबाटै काम गर्नसक्ने

Newslaya Home

ट्वीटरका कर्मचारीले जीवनभर घरबाटै काम गर्नसक्ने

बिहीबार ०१, जेठ २०७७

काठमाडौं । विश्व चर्चित सामाजिक संजाल ट्वीटरले आफ्नो कर्मचारीले जीवनभर घरैबाट काम गर्नसक्ने घोषणा गरेको छ ।

मंगलबार ट्वीटरका प्रमुख कार्यकारी ज्याक डोर्सीले आफ्ना कर्मचारीलाई जीवनभर घरैबाट काम गर्न दिने बताएका हुन् ।

ट्वीटरका प्रवक्ताले पनि यस विषयलाई पुष्टि गरेको द गार्जियनले उल्लेख गरेको छ । कोरोना भाइरसको प्रकोपसँगै विगत २–३ महिनायता ट्वीटरले आफ्ना कर्मचारीलाई घरैबाट काम गर्न दिइरहेको छ ।

यतिबेला भने ट्वीटरले कर्मचारीले जीवनभर घरैबाट काम गर्न दिने सुविधा प्रदान गरेको हो ।