के बैंक जाँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

Newslaya Home

के बैंक जाँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

बुधबार ३१, बैशाख २०७७

१. बैंकको ढोका सकबर आफै नखोल्नु होस, (गार्ड दाईलाई भन्नुहोस) खोल्नै परे ढोकाको नयाँ ठाँउमा (हेन्डल बाहेक अन्य ठाँउमा) समाएर खोल्नुहोस् ।
 
२. बैंकमा राखिएको सेनिटाईजर हातका औला, हत्केलामा मात्र होईन नाडी सम्म प्रयोग गर्नुहोस् ।
 
३. यदि बैकमा भिड देख्नु भयो भने, फरक्क फर्कनु होस् । खाली भएपछि बैक भित्र छिर्नुहोस् ।
 
४. पालो छिट्टै आउँदैछ भने सकबर छुट्टै उभिनुहोस्, बैंकको बेन्च प्रयोग नगर्नुहोस्, गर्नै परेमा फराकिलो ग्यापमा बस्नुहोस्, बस्दै गर्दा हातले बेन्चको हेन्डल नछुनुहोस् । बैंकका हरेक कुरा छुनुभन्दा पैला कोरोना हुन सक्छ भन्ने कुरा ध्यानमा राखी सावधान अपनाउनुहोस् ।
 
५. सकभर चेक घरमै भरेर ल्याउनुहोस् । बैंकको भौचर डेक्सको प्रयोग नगर्नुहोस् । गर्नै परे सावधान अपनाउनुहोस् । प्रयोगपछि आफ्नो पालो कुर्ने बेलासम्म खल्तिमा चेक राख्ने, हातले आँखा मिच्ने, जस्ता काम नगर्नुहोस् । हात बाहिरै राख्नुहोस् ।
 
चेक साट्न आउनु भएको छ भनेः
६. cashier लाई चेक दिनु भन्दा पहिला चेकको पछाडि cashier ले देख्ने गरि दुईवटा सहि र मोबाईल नम्बर लेखेर दिनुहोस् । सकबर लेख्दा आफ्नै कलमको प्रयोग गर्नुहोस् । counter Desk लाई नछोई उभिनुहोस् ।
 
७. cashier ले पैसा गनेको हेर्नुहोस्, सकबर उसैसँग मनमन गन्नुहोस् । मेसिनमा गनेको पैसाको संख्या मष्कउबिथ मा हेर्नुहोस्, पैसा नगनी लैजानुस म भन्दिन तर गन्दा साबधान अपनाउनुस् ।
 
८. बैंकबाट जानु भन्दा पहिला फेरी सेनिजाईजर प्रयोग गर्नुहोस, ढोका आँफै नखोल्नुहोस् । पैसासँगै कोरोना आएको त छैन । साबधान रैरहनुहोस् ।
 
रकम जम्मा गर्न आउनु भएको छ भनेः
५. भौचर डेक्समा जानुहोस्, सकबर, आफ्नै कलमको प्रयोग गरि पुर्ण साबधानका साथ भर्नुहोस् । तपाई दैनिक जसो बैंकमा जानुहुन्छ भने अलिकति भौचर मागेर लैजानुस् । घरमै वा अफिसमा भरेर ल्याउनुहोस् । त्यसो गर्दा अर्को पटक सबैले प्रयोग गरिरहेको भौचर डेक्स प्रयोग गरिरहनु पर्दैन ।
 
६. सकबर बैंकबाट फिर्ता पैसा लिनु नपर्ने गरि पैसा जम्मा गर्नुहोस् ।
 
७. counter desk लाई नछोई उभिनुहोस् ।
 
८. आफ्नै खातामा जम्मा गर्दै हुनुहुन्छ रकम थोरै छ भने पैसा जम्मा भएको म्यासेज मोबाईलमा चेक गर्नुहोस् । म्यासेज आयो र पैसा जम्मा भएको ठिक छ भने सकभर भौचर नलग्नुस् । लगेपनि बिचार गर्नुहोस् । अरूको खातामा, संस्थाको खातामा जम्मा गर्नु भएको छ भने साबधानका साथ भौचर सुरक्षित राख्नुस् ।
 
सकभर Digital कारोबार गरौँ । सुरक्षित रहौँ ।
 
सामाजिक सञ्जालबाट