बलिउडका अभिनेता साई गुंडेवरको निधन

Newslaya Home

बलिउडका अभिनेता साई गुंडेवरको निधन

बुधबार ३१, बैशाख २०७७

काठमाडौं । बलिउड अभिनेता साई गुंडेवरको निधन भएको छ । उनको आइतबार अमेरिकामा उपचारको क्रममा निधन भएको हो । एक वर्षदेखि ब्रेन क्यान्सरसँग लडिरहेका साईको अचानक आइतबार निधन भएको जनाइएको छ ।

उनले पीके, रक अन लगायतका फिल्ममा अभिनय गरेका छन् । उनको निधनको खबरले बलिउडका कलाकारले दुख व्यक्त गरेका छन् । महाराष्ट्रका गृह मन्त्री अनिल देशमुखले पनि उनको निधनमा दुख व्यक्त गरेका छन् ।

यसअघि बलिउडले अभिनेता ऋषि कपूर र इरफान खानलाई गुमाइसकेको छ ।