इटहरीको जनता स्कुलले फर्म भरेका सबै विद्यार्थीको भर्ना लिने

Newslaya Home

इटहरीको जनता स्कुलले फर्म भरेका सबै विद्यार्थीको भर्ना लिने

मङ्गलबार ३०, बैशाख २०७७

इटहरी । इटहरीस्थित जनता स्कुलले प्रवेश परिक्षाको लागि फर्म भरेका सबै विद्यार्थीलाई भर्ना लिने जानकारी दिएको छ । ६ सय विद्यार्थी भर्ना लिने गरी प्रवेश परिक्षाको लागि आवेदन खुलाएकोमा १५ सयभन्दा बढी विद्यार्थीले आवेदन दिएका थिए ।

अघिल्लो वर्ष देखि विद्यालयले विद्यार्थीहरुलाई भर्ना गर्दा प्रवेश परिक्षा लिने गरेको थियो ।

यसपटक भने कोरोनाका कारण प्रवेश परिक्षा नलिने बरु आवेदन दिने सबैलाई लकडाउन खुलेपछि भर्ना लिने जनाउँदै विद्यालयले अविभावकहरुलाई भर्नाका लागि हतार नगर्न समेत आग्रह गरेको छ ।

विद्यालय प्रशासनका अनुसार दुई वटा भवनमा गरेर २४ वटा नयाँ कोठा तयार भएको छ । ती सबै कोठा आधुनिक र सुविधा सम्पन्न हुने बताइएको छ ।

विद्यालयलाई सहयोग गर्नेलाई प्राथमिकतामा राखि भर्ना गर्ने भन्ने किसिमको सूचना फैलिएपछि ७० जना अविभावकहरुले मंगलबार विद्यालयलाई बैंकमार्फत सहयोग जम्मा गरेका थिए । तर स्कूल प्रशासनले भने लकडाउन खुलेपछि सबैको भर्ना हुने जनाउँदै अविभावकहरुलाई हतार नगर्न र नआत्तिन अनुरोध गरेको छ ।

जनता स्कूलले अंग्रेजि माध्यमबाट प्रविधिमैत्री कक्षाहरु सुरु गरेपछि विद्यार्थी तथा अविभावकको आकर्षण बढेको छ । अघिल्लो वर्ष पनि अत्याधिक मात्रामा भर्नाको लागि आवेदन परेको थियो । त्यसमध्ये प्रवेश परिक्षा लिएर विद्यार्थीहरुलाई भर्ना गराइएको थियो ।

जनता स्कूल इटहरीमा मात्र नभएर देशभरमै सामूदायिक विद्यालयतर्फ नमूना विद्यालयको रुपमा आफूलाई चिनाउने अभियानमा छ । विद्यालयले स्तरिय शिक्षक राखेर प्रविधिमैत्रि तथा अत्याधुनिक कक्षा कोठामा अध्ययन अध्यापन गराउन थालेको छ । अंग्रेजि माध्यमबाट सुरु गरिएको उक्त नयाँ अभ्यासलाई यसवर्षदेखि नेपालि माध्यममा समेत प्रयोग गरिने हुँदा शिक्षाको गुणस्तर अझै बढ्ने विद्यालयले जनाएको छ ।

जनता स्कुलमा भर्ना हुन चाहने ...

शिक्षामन्त्रीले गरे जनता स्कुलको ...