अभिनेता सलमानको स्वरमा रहेको गीत ‘तेरेबिना’ सार्वजनिक (भिडियो सहित)

Newslaya Home

अभिनेता सलमानको स्वरमा रहेको गीत ‘तेरेबिना’ सार्वजनिक (भिडियो सहित)

मङ्गलबार ३०, बैशाख २०७७

नयाँदिल्ली । बलिउडका सुपरस्टार अभिनेता सलमान खानको स्वर हरेको गीत ‘तेरेबिना’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

अभिनेता खानले सामाजिक सञ्जाल ट्विटर र इन्स्टाग्राममार्फत गीतको भिडियो मंगलबार सार्वजनिक गरेका हुन् । 

गीतको भिडियोमा सलमान खान र जैकलिन फर्नांडिजको को अभिनय रहेको छ । यो जोडीको रोमान्टिक अवतारलाई दर्शकले मन पराएका छन् ।

लकडाउनको पूर्ण पालना गर्दै सीमीत स्रोत र साधनका बीच छायाँकन गरिएको म्युजिक भिडियोको निर्देशन पनि सलमान आफैँले गरेका छन् । गीतमा अजय भाटियाको संगीत र शबिर अहमदको रचना रहेको छ ।

सार्वजनिक भिडियोः