इटालियन क्लब एट्लान्टाका रिनाल्दीको १९ वर्षको उमेरमा निधन

Newslaya Home

इटालियन क्लब एट्लान्टाका रिनाल्दीको १९ वर्षको उमेरमा निधन

मङ्गलबार ३०, बैशाख २०७७

काठमाडौँ । इटालियन सिरी ए क्लब एट्लान्टाका आन्द्रे रिनाल्दीको ब्रेन एन्यूरिज्मको कारण १९ वर्षको उमेरमा निधन भएको छ ।

लकडाउनको कारण उनी घरमै अभ्यास गरिरहेका थिए । उनको ब्रेन एन्यूरिज्म कारण निधन भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

यू १७ लिग र सुपर कप जितेका उनले यस सिजन उनले लेग्नानोबाट लोनमा खेलिरहेका थिए ।